‘कृष्ण लीला’ पनि चैत २७ मा रिलिज नहुने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ चैत्र १९, बिहिबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

काठमाडौ । धेरैले अनुमान गरेझैं ‘कृष्ण लीला’ ले पनि अन्तिम समयमा आएर प्रदर्शनको मैदान छाडेको छ । चैत २७ मा प्रदर्शन हुने गरी ट्रेलर सार्वजनिक गरेको फिल्म अन्ततः निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ ।

बिहीबार निर्माता रोहित कट्टेलले एउटा सूचना जारी गर्दै फिल्म अब नयाँ मितिमा प्रदर्शन हुने जनाएका हुन् । ‘हाल बढ्दै गइरहेको कोभिड १९को असरका कारण हामी चलचित्र प्रदर्शन असमर्थ भएका छौं । स्थिति सामान्य भएपछि नयाँ मितिसहित सिनेमाघरमा उपस्थित हुन्छौं,’ रोहितद्धारा जारी सूचनामा भनिएको छ ।

यसअघि नै चैत २७ मा आउने घोषणा गरेका दुई फिल्म पनि कोभिड १९ कै कारण देखाउँदै सरेका थिए । ‘लप्पन छप्पन २’ र ‘मनसँग मन’ ले केही दिनअघि मात्र सो मितिमा प्रदर्शन नआउने घोषणा गरिसकेका छन् । अब चैत २७ मा राजबहादुर साने निर्देशित ‘गुड फ्रेन्ड’ मात्र मैदानमा रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस