संसद विघटन मुद्दामा आज रिट निवेदकको बहस सकिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ११, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार ११, काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट आज बहस सकिने भएको छ । संवैधानिक इजलासमा सुनुवाई भइरहेको रिटमा निवेदक पक्षलाई दिइएको १२ घण्टाको समयअनुसार आज निवेदकका तर्फबाट ४ घण्टा ४५ मिनेट बहस भएपछि सकिने भएको हो । आज निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीलाई ३ देखि ३० मिनेटसम्मका समय तोकिएको छ ।
आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिषकृष्ण खरेललगायतले बहस गर्ने तयारी छ । यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले पनि बहस गर्नेछन् । वरिष्ठ अधिवक्ताहरुका लागि ३० मिनेट र पूर्व महान्यायाधिवक्ताका लागि २५ मिनेटको समय तोकिएको छ ।
आइतबारदेखि सरकारी पक्ष अर्थात रिट निवेदकको विपक्षले बहस सुरु गर्नेछ । सरकारी पक्षलाई बहसका लागि १५ घण्टाको समय दिइनेछ । त्यसपछि जवाफी बहसका लागि निवेदक पक्षले ३ घण्टाको समय प्राप्त गर्नेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस