नेकपा एमालेको १०औं महाधिवेशन आयोजक समिति खारेज, नेताहरुमाथिको कारबाही खारेज !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १६, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार १६, काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज भएको छ । यससँगै समितिले माधवकुमार नेपालसहितका ११ नेतामाथि गरेको कारबाही निष्प्रभावी भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

कमिटी बैठकले महाधिवेशनको मिती तोकी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । तर सर्वोच्चले २७ जेठ २०७८ मा महाधिवेशन कमिटीलाई वैधता नदिने गरी फैसला गरेपछि एमालेले फेरि केन्द्रीय कमिटीलाई व्युँताएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस