संसद विघटनविरुद्ध परेको रिटमा आजबाट सभामुख पक्षका कानून व्यवसायीहरुको बहस सकिए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २०, आईतबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २०, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा आजबाट सभामुख पक्षका कानून व्यवसायीहरुको बहस सकिएको छ । आज सर्वोच्चको संवैधानिक इजलासमा आइतवार सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानून व्यवसायीहरुलाई बहसका लागि २ घण्टाको समय दिइएको थियो । दुई घण्टाको समयमा ५ जना कानून व्यवसायीहरुले बहस गरेका थिए ।

आज वरिष्ठ अधिवक्ताहरु श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गरेका हुन् । त्यस्तै आजबाट नै रिट निवेदक पक्षका कानून व्यवसायीहरुको बहस शुरु भएको छ । आज नै प्रतिनिधि सभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस गरेका छन् । त्यस्तै अब वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्ने बताइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस