नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ २८, सोमबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार २८, काठमाडौं । नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनको बैठक पाँच बजे बस्दैछ । उक्त बैठक एमाले नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्ने भएको छ ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेपछि अबको योजनाबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

भोलिसम्म म्याद दिएर प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी भएसँगै अब सरकार गठन के गर्नै र गठबन्धनलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस