केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै पालो मिचेर एक सहसचिवलाई सचिव पदमा बढुवा !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ ३१, बिहिबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । तीनपटकसम्म बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको छ ।

गत सोमबार बसेको ओली सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस गरिएका इन्जिनियरिङ सेवातर्फका वरिष्ठ सहसचिव राजेन्द्रप्रसाद खनाललाई सचिव पदमा बढुवा गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस