असार ३१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । बिहीवार बुढानिलकण्ठस्थित देउवा निवासमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध सुधारका विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।
भेटघाटमा प्रधानमन्त्री देउवाले थप कोरोना भाइरसविरुद्धको खोप दिन अनुरोधसमेत गरेका थिए ।