भोली सबै सांसदहरूको एन्टीजेन विधिबाट कोरोना परीक्षण हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ३१, बिहिबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौ । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ। सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारी, संसदीय मामिलाका पत्रकारलगायतको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो ।

संसद् सचिवालयको शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले एक सूचना जारी गर्दै शुक्रबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म कोरोना परिक्षण गर्न लागिएको बताएका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा कोरोना परिक्षण गर्नेसमेत बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस