प्रतिनिधिसभाको बैठक ३ गते बोलाउन सरकारको सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ३१, बिहिबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौं । सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस