साउन १, काठमाण्डौ । नेकपा एमालेको संसदीय दलको बैठक आजलाई बोलाइएको छ । बैठक दिउँसो ३ बजे बस्ने छ । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।
साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको भट्टराईले बताए ।