सशस्त्र प्रहरीका डीआईजी श्रेष्ठलाई अवकाश नदिन सर्वोच्चको आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १०, आईतबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १०,काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई अनिवार्य अवकाश भएको भनी सशस्त्र प्रहरी बलले असार ११ गते दिएको पत्र यथास्थितिमा राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेशका लागि सर्वोच्चले दुबै पक्षलाई साउन १३ गते छलफलमा बोलाएको छ । आफ्नो पदावधि सकिएको भनी सशस्त्र प्रहरी बलले पत्र दिएपछि डीआईजी श्रेष्ठले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सर्वोच्चले श्रेष्ठको पदावधि एक वर्ष थप गर्ने विषयमा सशस्त्र प्रहरी महानिरीक्षकबाट गृह मन्त्रालयमा सिफारिससमेत भएको सम्बन्धमा मन्त्रालयले के कस्तो कारबाही अघि बढाएको र कुन कारणले पदावधि थप नगरिएको हो भन्ने विषयमा दुबै पक्ष राखेर छलफल गर्नुपर्ने उल्लेख गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस