भारतमा डेङ्गीका कारण १३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ आश्विन ५, मंगलबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज ५, काठमाडौं । भारतमा डेङ्गीको प्रकोप फैलिएको छ । उत्तर प्रदेश, बिहार, मध्यप्रदेशमा डेङ्गीको सङ्क्रमण फैलिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लो तीन हप्तामा उत्तर प्रदेशको कानपुरमा मात्रै डेङ्गीका कारण १३ जनाको मृत्य भएको छ । यस्तै मध्यप्रदेशमा डेङ्गीका बिरामी बढ्दै गएका छन् । त्यहाँ हरेक दिन १ सयभन्दा धेरै बिरामी थपिने गरेका खबरमा उल्लेख छ ।

गएको जनवरीदेखि अहिलेसम्म २० हजार नमुना परीक्षण गरिएकोमा झण्डै चार हजार जनालाई डेङ्गी भएको पुष्टि भएको छ । यो सेप्टेम्बर महिनामा मात्रै मध्यप्रदेशमा २ हजारभन्दा धेरै डेङ्गीका बिरामी भेटिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस