राष्ट्रसंघको महासभामा सम्बोधन गर्न दिन तालिबानको आग्रह

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ आश्विन ६, बुधबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ६, एजेन्सी । तालिबानले यो हप्ता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा आफूलाई सम्बोधन गर्न दिन आग्रह गरेको छ । विश्वका नेताहरुलाई महासभामार्फत सम्बोधन गर्न चाहेको तालिबानले बताएको हो ।

अफगानिस्तानको सत्तामा रहेको तालिबानका विदेशमन्त्रीले सोमबार पत्र पठाएर सम्बोधनका लागि अवसर दिन आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसंघको एक समितिले त्यसमाथि छलफल गर्ने छ ।

तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता शुहेल शहीनलाई संयुक्त राष्ट्रसंघका लागि अफगान राजदूतका रुपमा नियुक्त गरेको छ ।

तालिबानले गएको अगस्ट १५ मा अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेको हो । अहिले आफ्नो सत्ता रहेकाले यसअघिको सरकारले नियुक्त गरेको दूतले देशको प्रतिनिधित्व गर्न नसक्ने तालिबानले बताएको छ ।

तालिबानले उच्च तहको सम्मेलनमा सहभागी हुनका लागि गरेको आग्रहमाथि संयुक्त राष्ट्रसंघको क्रेडिन्सियल कमिटीमा छलफल हुनेछ । यो कमिटीमा अमेरिका, चीन र रुससहितका ९ देश छन् ।

तर सो कमिटीको बैठक आउँदो सोमबार अन्त्य हुने महासभाको मुख्य सत्र पहिले हुने सम्भावना न्यून छ । तबसम्मका लागि अफगानिस्तानको पूर्वसरकारले नियुक्त गरेका गुलाम इसाक्जाई नै संयुक्त राष्ट्रसंघका लागि अफगानिस्तानका राजदूत रहने छन् ।

उनले महासभाको अन्तिम दिन सेप्टेम्बर २७ मा सम्बोधन गर्ने छन् । तालिबानले भने गुलामले अफगानिस्तानको प्रतिनिधित्व नगर्ने बताएको छ ।

मंगलबार भएको संयुक्त राष्ट्रसंघको एक बैठकमा कतारले विश्वका नेताहरुलाई तालिबानसँग सम्पर्कमा रहन आग्रह गरेको थियो । उनीहरुलाई बहिष्कार गर्दा ध्रुवीकरण थप बढ्ने कतारको भनाइ छ ।

अफगानिस्तानमा भइरहेको राजनीतिक घटनाक्रममा कतार मुख्य पात्र बनेर उदाएको छ । तालिबानको मुख्यालय कतारमै छ भने अमेरिका र तालिबानको वार्ता पनि त्यहीँ भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस