कोरोना संक्रमणबाट रुसमा एकैदिन एक हजार जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ आश्विन ३१, आईतबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

आश्विन ३१, काठमाडौ । रुसमा कोरोना भाइरसका कारण एकैदिन एक हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारी सुरु भएपछि रुसमा एकैदिन एक हजार जनाको ज्यान गएको यो पहिलोपटक हो ।

हिजो रुसमा एक हजार दुई जनाको ज्यान गएको र ३३ हजार दुई सय ८ जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ । पछिल्लो आँकडाले रुसको स्वास्थ्य प्रणाली थप बिग्रिएको पुष्टि हुँदै गएको खबरमा उल्लेख छ । रुसमा अहिले कोरोनाविरुद्धको खोप कार्यक्रम ठप्प जस्तै छ भने प्रतिबन्ध पनि खुकुलो पारिएको छ । रुसमा जम्मा ३१ प्रतिशतले मात्रै खोप लगाएका छन् ।

सरकारी अधिकारीहरुले भने महामारी बढ्नुमा सर्वसाधारण नै दोषी रहेको आरोप लगाएका छन् । खोप नलगाउने र सरकारले लागु गरेका मापदण्डको अटेरी गर्दा अवस्था फेरि खराब बन्न लागेको सरकारी अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । रुसमा कोरोनाविरुद्धको खोप पर्याप्त भण्डारणमा रहेपनि आधा भन्दा धेरै जनसंख्या खोप लगाउन अनिच्छुक देखिएको छ । रुसमा अहिलेसम्म दुई लाख २२ हजार तीन सय जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस