म्यानचेस्टर र ब्रेन्टफोर्डबीचको खेल स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ मंसिर २८, मंगलबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २८, एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाईटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भएको छ । युनाईटेडका खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएपछि ओल्ड ट्राफोर्डमा तय खेल स्थगित गरिएको हो ।

युनाईटेडले मंगलबार ब्रेन्टफोर्डविरुद्ध खेल्ने तालिका रहेको थियो । तर, खेल अघि गरिएको परिक्षणमा खेलाडी र पदाधिकारीमा कोभिड–१९ को संक्रमण देखिएको थियो ।

कोभिड पोजेटिभ देखिएको खेलाडीलाई घरमै सेल्फ आईसोलेसनमा पठाईएको छ । कोभिडकै कारण यस अघि टोटेनहम र ब्राइटनबीचको खेल समेत स्थगित भएको थियो ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस