जेठ ६, काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरेको नेपालले आज थाइल्याण्डसँग अन्तिम खेल खेल्दैछ । खेल थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा विहान पौने ९ बजे सुरु हुनेछ ।
एसिया छनोट अन्तर्गत सुपर–३ मा पुगेका शिर्ष तीनमध्ये नेपाल र थाइल्याण्ड एक खेल अगावै ग्लोबल छनोटमा पुगिसकेका छन् । आइतबार हिजो भएको खेलमा युएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
थाइल्याण्डले भने यूएईलाई ५४ रनले हराएर आफ्नो स्थान सुरक्षित गरेको थियो ।