एक खेल अगाबै पाकिस्तानलाई टी-ट्वान्टी सिरिज

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ मंसिर २९, बुधबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २९, काठमाडौं । घरेलु टोली पाकिस्तानले दोस्रो टी-ट्वान्टीमा वेस्ट इन्डिजलाई हराएको छ । कराँचीमा मंगलबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले हराएको हो । यस जितसँगै पाकिस्तानले तीन खेलको सिरिज एक खेल अगाबै २-० ले जितेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा १७३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज २० ओभरमा अलआउट हुँदै १६३ रन मात्रै जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ब्राण्डन किङले ६७ रनको अर्धशतकीय इनिङ्स खेले भने रोमारियो शेफर्डले अविजित ३५ रन जोड्दा कप्तान निकोलस पुरनले २६ रन बनाए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए । यस्तै‚ मोहमद नवाज, मोहमद वासिम र हरिस राउफले २/२ विकेट लिए ।

यस अघि पहिलो ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो । पाकिस्तानका लागि इफ्तिखर अहमेदले ३२ रन जोड्दा हइदर अलीले ३१ रन बनाए । त्यस्तै शादब खानले २८ रनमा अविजित रहँदा फखर जमान १० रनमा आउट भए । वेस्ट इन्डिजका ओडीएन स्मिथले २ विकेट लिए ।

अन्तिम टी-२० बिहीबार कराँचिमा हुँदैछ । त्यसपछि यी दुई टिमबीच ३ खेलको एकदिवसिय सिरिज खेल्ने कार्यतालिका रहेको छ ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस