ए डिभिजन लिग: एपीएफ-आर्मी बराबरीमा रोकिए

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १६, शुक्रबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस १६, काठमाडौँ ।ए डिभिजन लिगमा आज शुक्रवार भएको पहिलो खेलमा सशस्त्रको एपीएफ क्लब र विभागीय त्रिभुवन आर्मीले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको भएको खेलमा एपीएफ र आर्मीले एक–एक गोलको बराबरी खेलेका हुन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६३ औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर आर्मीको त्यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको ६७ औँ मिनेटमा एपीएफका विकी तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए ।

आज बराबरी सकिएको खेलमा दुवै टोलीले एक–एक अङ्क पाएका छन् । योसँगै आर्मी सात खेलमा ११ अङ्कसहित तालिकाको चोथौ स्थानमा रहेको छ । उति नै खेल खेलेको एपीएफ ६ अङ्कसहित ११ औँ स्थानमा उक्लिएको छ ।

आजै अर्को खेलमा बेलुका पौने ५ बजे फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्दैछन् ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस