शहीद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाको जितसँगै ११ अङ्क जोडर पाँचौँ स्थानमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ पौष १९, सोमबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

पुस १९, काठमाण्डौ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सोमवारको खेलमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई एक–शून्य गोल अन्तरले हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा हिमालयन शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले खेलको ४५ औँ मिनेटमा पेनाल्टीमा गोल गरे । सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेव गुरुङलाई फउल गरेपछि शेर्पाले पेनाल्टीको अवसर पाएको हो ।

यो खेलमा सातदोबाटोले पनि खेलको इन्जुरी समयमा पेनाल्टीको अवसर पाएको थियो । तर सातदोबाटोका खेलाडी मार्टिन सिलोले गोल गर्न सकेनन् ।आजको जितसँगै शेर्पा सात खेलमा ११ अङ्क जोडर पाँचौँ स्थानमा उक्लिएको छ । सात खेलमा आठ अङ्क जोडेको सातदोबाटो आठौँ स्थानमा छ ।

ताजा अपडेट

१६ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस