गौतमबुद्ध विमानस्थलमा कुवेतको जजिरा एअरवेजले नियमित उडान गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र १, मंगलबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र १,काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एअरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ ।

जजिराले आउँदो जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्ने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्ने गरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले अहिले काठमाण्डौमा समेत नियमित उडान गरिरहेको छ ।

भर्खरै यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको गौतमबुद्ध विमानस्थलमा आउँदो वैशाख १ गते नेपाल वायु सेवा निगम ९नेपाल एअरलाइन्स० ले परीक्षण उडान गर्नेछ ।

उपमहानिर्देशक कर्णले गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान भएपछि वैशाख ७ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिने जानकारी दिए । उनले व्यावसायिक उडानका लागि आवश्यक सबै तयारी पूरा भएको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस