गोदावरी फूलको मेलामा लक्ष्यभन्दा बढी कारोवार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक १८, आईतबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक १८,काठमाडौँ । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लक्ष्यभन्दा रु १८ लाखले बढी कारोवार भएको छ । गत बिहीबारदेखि शुरु भएको मेला आज सकिएको हो । मेलामा रु ४५ लाख कारोवार हुने लक्ष्य लिएको भए पनि रु ६३ लाखको कारोवार भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू (श्रेष्ठ)ले जानकारी दिए । मेलाको ४३ हजार अवलोकनकर्ताले अवलोकन गरेका थिए ।

एशोसिएशनका अध्यक्ष श्रेष्ठका अनुसार प्रदर्शनीमा ४५० भन्दा बढी जात फूलका ४८ वटा कक्ष राखिएको थियो । तिहारलाई लक्षित गरी मेलामा गोदावरीका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कटफ्लावर विधालाई समावेश गरिएको थियो ।

मेलामा मौसमी फूलभन्दा सदाबहार फुल्ने र सबै समयमा प्रयोग हुने सजावटका फूल बढी बिक्री भएको पनि श्रेष्ठले बताए । ‘रोपेर पूmल गोदावरी सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ शुरु भएको मेलामा काठमाडौँ उपत्यकाको तीनवटै जिल्लाबाट विभिन्न प्रकारका फूल उत्पादन गर्ने नर्सरीबाट फूल प्रदर्शनीमा राखिएको थियो ।

प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा सञ्चालन गरिएको मेलामा तिहारमा प्रयोग हुने गोदावरी र सधैँभरि प्रचलनमा ल्याउन सकिने सजावटका फूल राखिएको थियो । पुष्प व्यवसाय प्रवद्र्धन र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादन गर्न यस्ता किसिमका मेलाले टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

विसं २०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय आर्थिक वर्ष २०७४÷७५ सम्म आइपुग्दा ४३ जिल्लाको लगभग १५३ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस