बैशाख १६,काठमाडौँ । जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फर प्राइभेट लिमिटेड (बिएमटी) बिच रेमिट्यान्स कारोवार सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र बिएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरे । भाटभटेनी मनि ट्रान्स्फर प्रा. लि. भाटभटेनी समूहद्वारा संचालित कम्पनि हो ।
सम्झौता बमोजिम“भाटभटेनी रेमिट” मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशै भरी छरिएका १२९ शाखा तथा ५० शाखा रहित बैंकिङ्ग मार्फत भुक्तानी लिन सकिने छ ।