‘आगामी भदौदेखि देशका प्रमुख शहरमा फोरजी सञ्चालन गछौँ ‘: प्रबन्ध निर्देशक अधिकारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ३१, मंगलबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

 

बैशाख ३१,चितवन । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको आज उद्घाटन कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उच्च गुणस्तरको भिडियो, डाटा र भ्वाइस प्रवाह शुरु गरिएको छ भन्दै निकट भविष्यमा टेलिभिजन सेवासमेत सञ्चालनमा ल्याइने बताए ।

फोर जी सेवाका लागि उपकरण ल्याउने क्रम जारी छ भन्दै उनले आउँदो साउन/भदौदेखि देशका प्रमुख शहरमा फोरजी सञ्चालनमा ल्याइने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण खनाल, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, टेलिकमका क्षेत्रीय निर्देशनालय वीरगञ्जका निर्देशक अमलेन्दुनारायण सिंहलगायतले बोलेका थिए । कार्यक्रममा मन्त्री बाँस्कोटाले रत्ननगर नगरपालिकाका प्रमुख वनलाई टेलिफोन गरी सेवाको शुभारम्भ गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस