७८ लाख धरौटी बुझाएपछि राजनारायण पाठकलाई मुक्ति !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ १,काठमाडौँ । ७८ लाख धरौटी बुझाएपछि राजनारायण पाठकले मुक्ति पाएका छन । भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका हुन ।

विशेष अदालतले उनलाई ७८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी उक्त रकमको बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् । पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

भ्रष्टाचार आरोपपछि फरार रहेका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

विशेष अदालतले बुधबार नै पाठकसँग बयान लिएको थियो ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै उनले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस