कर्मचारीलाई अतिरिक्त तलब नदिन अर्थ मन्त्रालयको निर्देशन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ ७, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ७,काठमाडौँ । अर्थ मन्त्रालयको एउटा निर्णयले झण्डै साढे २८ हजार कर्मचारीको एक महिनाको तलब गुमेको छ । चैत १५ गते अर्थमन्त्रालयको सचिवस्तरीय निर्णयले सरकारी स्वामित्वका संस्थान, बोर्ड, कम्पनी र समितिलाई वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई दिइँदै आएको एक महिना बराबरको अतिरिक्त तलब नदिन निर्देशन दिएको हो ।

नेपाल धितोपत्र बोर्ड (सेवोन) नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ हाउस, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, बिमा समिति, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाल पुर्नबिमा कम्पनी, राष्ट्रिय बाणिज्य बैंक लगायतलाई बार्षिक उत्सवका अवसरका अतिरिक्त तलब सुविधा नदिन अर्थमन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयको निर्णयसँगै हालै मात्र वार्षिकोत्सव सकेको बिमा समितिका कर्मचारीले पनि अतिरिक्त तलब पाएका छैनन् । सो तलब पाउनु पर्ने माग गर्दै अर्थमन्त्रालय धाउन थालेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस