३ करोड ५० लाख नक्कली भारु प्रहरीले गर्यो जफत, अन्सारीसहित २ पाकिस्तानी पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १०, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ १०,काठमाडौँ । नेपाल प्रहरीले करोडौँको नक्कली भारतीय रुपैयाँसहित यूनुस मिया अन्सारी पक्राउ गरेको छ । तीन करोड ५० लाख नक्कली भारतीय रुपैया लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनिसहित प्रहरीले अन्य दुई नेपाली र तीन पाकिस्तानीलाई पक्राउ गरेको छ ।

पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जाने क्रममा उनीहरुलाई आज बिहान साँढे ९ बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका व्यक्ति हुन् । ठूलो परिमाणमा नक्कली रुपैयाँ रहेकाले घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्सारीसँगै अन्य दुई नेपाली र तीन पाकिस्तानी पनि पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

“एउटा सुटकेसको रकम गन्दा तीन करोड ५० लाख नक्कली भारु फेला परेको छ, अझै दुई सुटकेसको रकम गन्न बाँकी नै छ”, रञ्जितकाले जानकारी दिए ।

पक्राउ पर्नेमा अन्सारीसहित सोपल खान र सुजन रानाभाट तथा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दिन र नाजीया अनुवर रहेका छन् । पाकिस्तानीहरु कतार एयरवेजबाट पैसा ल्याउँदै गरेका थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस