बजेट तयारी : दबावमा अर्थमन्त्री ! योजना पार्न भन्दै नेताहरुको दौडधुप अझै जारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १३, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । आगामी आर्थिक बर्षको लागी सरकाले बजेटको अन्तिम तयारी गरिरहेको छ । जेठ १५ गते घोषणा हुने बजेट भाषणमा सरकारको प्राथामिकताको विषयलाई उच्च प्राथामिकतामा राखेर काम भईरहेको मन्त्रालयका उच्च अधिकारी बताउछन । नेकपाको घोषणापत्र अनुरुपको बजेट नआएको भन्दै गत बर्ष अर्थमन्त्री युवराज खतिवडाप्रती नेताहरुले तिव्र असन्तुष्टि समेत जनाएका थिए । त्यसैकारण उनले राजिनामाको समेत दवाव खेप्नु परेको थियो । सोही कारण पनि यसपाली अर्थमन्त्री खतिवडा पार्टीको रोडम्यापलाई समेत ख्याल गरेर बजेट ल्याउने तयारीमा छन । बजेट तयारी अनुरुप बजेट लेखनको काम उत्तरार्धमा छ । मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘एक प्रकारले पेज फाइनल नै गर्ने क्रममा छौं ।’

सुरक्षा व्यवस्था उत्तिकै कडा

मन्त्रालयमा आम मानिसको आवतजावत रोकिएको छ । सुरक्षा व्यवस्था उत्तिकै कडा छ । मन्त्रालय प्रवेश गर्ने मुख्य ढोकामा पनि कर्मचारीबाहेक अन्य मानिसको प्रवेश रोकिएको छ । गेटमा खटिएका एक कर्मचारीका अनुसार १५ जेठपछि सबै ढोकाहरुको निषेध खुला हुनेछ ।

बजेट भाषणपूर्व यसका विषयवस्तुहरु सञ्चारमाध्यममा चुहावट नहुन् भनेर निकै गोपनीयता कायम गरिएको छ । बजेट निर्माणमा संलग्न टीमका सदस्यहरु सञ्चारकर्मीको पहुँचमै आउन चाहँदैनन् ।

दबाबका फोन जारी

मन्त्रालय बजेट भाषणलाई अन्तिम रुप दिने तयारीमा रहँदा मन्त्री खतिवडाको सचिवालयमा पुगेरै या फोन गरेर सुझाव टिपाउने माननीय र ठूलाबडाको चहलपहल भने अझै जारी छ । सचिवालयका एक कर्मचारीका अनुसार सांसदहरुले हाम्रो कार्यक्रम बजेटमा नछुटुन् भन्दै फोन गर्छन् ।

प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको चासो निर्वाचन क्षेत्र विकास कार्यक्रममा जाने रकमको सम्बन्धमा पनि रहेको छ । चालु आवमा ४ करोड एक निर्वाचन क्षेत्रका रुपमा छुट्याइएको छ । सांसदहरु यो रकम बढ्नुपर्ने माग गरिरहेका छन् । समानुपातिक पद्धतिबाट निर्वाचित सांसदले पनि आफूहरुले खर्च गर्न पाउने गरी बजेट पाउनुपर्ने माग गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस