देशभर सवारी साधनको सङ्ख्या ३५ लाख ३९ हजार ५१९ पुग्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १४, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ १४,काठमाडौँ । चालू आर्थिक वर्षको फागुनसम्ममा तीन लाख १८ हजार ४७७ नयाँ सवारी साधन दर्ता भएका छन् । नयाँ तीन लाखभन्दा बढी सवारी साधन दर्तासँगै देशभरमा यिनको सङ्ख्या ३५ लाख ३९ हजार ५१९ पुगेको छ ।

सङ्घीय संसद्मा सोमबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार देशभरमा रहेका कूल सवारी साधनमध्ये ७८ दशमलव ६ प्रतिशत मोटरसाइकल छन् । विसं २०४६/४७ देखि गत आवसम्ममा देशभरमा जम्मा ३२ लाख २१ हजार ४२ सवारी साधन दर्ता भएका थिए ।

चालू आवको सुरुदेखि अहिलेसम्म ५ लाख ५७ हजार २९८ ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण भएको सर्वेक्षणमा उल्लेख छ । गत आवसम्ममा दुई लाख ९८ हजार १७५ चालक अनुमतिपत्र वितरण गरिएको थियो । सङ्घीय सरकारले देशभरमा रहेका यातायात व्यवस्था कार्यालय र तिनले गर्दै आएका काम प्रदेश सरकारलाई हस्तान्तरण गरेको प्रतिवेदनमा उल्लेख छ ।

गएको मङ्सिरदेखि कार्यालयहरू पूर्णरूपमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण गरिएको छ । ती कार्यालयले स्मार्ट चालक अनुमतिपत्र वितरणलगायत काम शुरु गरेका छन् । सडक दुर्घटना घटाउन सडक दुर्घटना सूचना प्रणाली सफ्टवेयर काठमाडौँ उपत्यका र काठमाडौँ–वीरगञ्ज करिडोरमा लागू भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस