‘सार्वजनिक खरीद ‘सातौं संशोधन चित्त बुझेन, निर्माण कम्पनी पनि मर्ज गरौँ ‘ : निर्माण व्यवसायी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ ३२, शनिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ ३२,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ निकट निर्माण व्यवसायीहरूको संस्था नेपाल निर्माण व्यवसायी संगठनले निर्माण कम्पनी मर्ज गर्न प्रस्ताव अघि सारेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरे संगठनले सो प्रस्ताव अघि सारेको हो ।

संगठनका संयोजक यज्ञध्वज कार्कीले निर्माण कम्पनीहरू मर्ज भएर संख्या थोरै भए व्यवसायी र सरकार दुवैलाई सहज हुने बताए । उनले भने, ‘फर्म वा कम्पनीलाई कर्पोरेट शैलीमा परिणत गरी पूर्वाधार कार्यमा बढी जिम्मेवार बनाउन र निर्माण उद्योगको पनि विकास गर्न एकभन्दा बढी फर्म वा कम्पनीहरू मर्जरको कानुनी व्यवस्था गर्न अत्यन्त जरुरी रहेकाले यो व्यवस्थाका लागि हाम्रो माग रहेको छ ।’

संगठनले अन्य १३ बुँदामा मागपत्र अघि सारेको छ । सार्वजनिक खरीद ‘सातौं संशोधन’ नियमावली, २०७६ ले पनि आफूहरु सन्तुष्ट हुन नसकेको अध्यक्ष कार्कीले बताए ।

उनले राजपत्रमा प्रकाशित भएसँगै छैठौं संशोधनबाट मार पर्ने बुझी आन्दोलनमा होमिएको नेपालको निर्माण तथा परामर्श क्षेत्र सातौं संशोधन पनि दिएका सुझाव बिनै एकलौटी रुपले आएपछि सरकार र निजी क्षेत्रबीच झनै दूरी बढ्न गएको बताए ।

सरकारले गर्न चाहेको राम्रो तर, परिणाम हेर्दा नराम्रो हुने गरी काम भएको अध्यक्ष कार्कीले बताए ।

संगठनले बिडिङ क्यापासिटीमा सामान्य सुधार गर्नका लागि अनुरोध गरिएकोमा मागै नगरिएको मुद्दालाई पूर्णरुपले खारेजी गरी आएको भन्दै आपत्ति जनाएको छ । यसका पछाडि कतै गम्भीर षड्यन्त्र भएको आशंका संगठनले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस