शेयर बजार : नेप्सेमा दोहोरो अङ्कको वृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ १७, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार १७,काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.०२ बिन्दुले बढेर एक हजार २५३.०६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ बिन्दुले बढेर २६९.९६ मा पुगेको छ ।

नेप्से परिसूचक बढे पनि कारोवार रकममा भने अपेक्षित वृद्धि हुन सकेन । कूल १७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर रु ४२ करोड ९४ लाख ७७ हजार २८८ मूल्यमा कारोवार भयो ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर भने वृद्धि भएको छ । व्यापार २.६२, उत्पादन २.६४ र अन्य उपसमूह ०.८३ बिन्दुले घटेको छ । त्यस्तै बैंकिङ ११.४२, होटल १४.४, विकास बैंक ८.९३, जलविद्युत् ६.६८, वित्त ०.५९, निर्जीवन बीमा १०७.३३, लघुवित्त १३.४४, जीवन बीमा ८७.२२ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले बढेको छ ।

स्टकका अनुसार आज कारोवारका आधारमा मेघा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ९५ लाख ५० हजार ४९, प्रभु बैंक रु दुई करोड ५४ लाख ३२ हजार २३६, स्ट्याण्र्डड चार्टड बैंक रु दुई करोड ४८ लाख दुई हजार ३४३, नेपाल बैंक रु दुई करोड ४५ लाख ५६ हजार ९२८, सेञ्चुरी बैंक रु एक करोड ९२ लाख ९८ हजार ७३१ र एनआइसी एशिया बैंक रु एक करोड ४३ लाख २७ हजार ६८९ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज स्वरोजगार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ९.४९, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ७.०१, सेञ्चुरी बैंक ६.०२, कुमारी बैंक ५.२४ र ङादी पावरका शेयरधनीले ५.१७ प्रतिशतले कमाए । युनियन हाइड्रोपावर ५.८८, सिभिल लघुवित्त वित्तीय संस्था ५.३९, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.२२, महिला सहयात्रा माइक्रोफाइनान्स ३.१४ र अरुण भ्याली हाइड्रोपावर कम्पनीका शेयरधनीले २.७५ प्रतिशतले गुमाए ।

ताजा अपडेट

खोजी गर्नुहोस