बुधबारदेखि महँगिदै इन्टरनेट, कति बढ्दैछ शुल्क ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ ३१, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौँ । बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्ने भएको छ।

संघीय संसदबाट पारित आर्थिक विधेयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामागि शुल्कको भार बढ्न लागेको खबर आजको कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छन्।

यसअघि इन्टरनेटमा टीएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विधेयकले १३ प्रतिशतको अतिरिक्त भार थपिदिएको छ। चालू वर्षको आर्थिक विधेयकमै टीएससीको व्यवस्था भएको थियो।

तर, चौतर्फी विरोध भएपछि सरकार र इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) बीच सहमति भएपछि कम्पनीहरू उपभोक्तामाथि शुल्कको भार परेको थिएन।

तर, सरकारले सहमति पालना नगरेर जेठ १५ को बजेटमा पनि यसलाई निरन्तरता दिइएपछि आगामी आर्थिक वर्षको सुरुबाटै अतिरिक्त शुल्क लिने भन्दै कम्पनीहरूले सेवाग्राहीलाई जानकारीसमेत गराइसकेका छन्।

हालसम्म ग्राहकले जुन प्रकारको सेवामा जति शुल्क तिर्दै आएका थिए, बुधबारदेखि हुने बिलिङमा १३ प्रतिशत अतिरिक्त शुल्क थपिएर आउने छ।

आइएसपीहरूले शुल्क बृद्धिसम्बन्धमा ग्राहकलाई मोबाइल म्यासेजमार्फत सूचना दिइसकेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस