भिसा दस्तुरको करोडौँ रकम हिनामिना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ ३१, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौँ । विदेशस्थित कुटनीतिक नियोग, अवैतानिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत उठ्ने करोडौँ रुपैयाँ दस्तुर हिनामिना भएको छ।

चालु आर्थिक वर्षमा मात्रै विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका ५० भन्दा बढी अवैतनिक दूतद्वारा जारी करिब २ लाख प्रवेश भिसा (स्टिकर) मध्ये आधाभन्दा बढीको राजस्व दाखिला भएको छैन।

भिसा स्टिकरको हिसाबकिताव पारदर्शी नभएकोबारे महालेखापरीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अध्यागमन विभागले परराष्ट्र मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन्।

अध्यागमन नियमावलीअनुसार परराष्ट्र मन्त्रालय वा नियोगमार्फत जारी भएका सबै भिसाको जारी वा रद्द स्थिति वा राजस्वबारे नियमित रुपमा अन्यागमनमा जानकारी पठाउनु पर्छ।

तर अहिलेसम्म यस्तो विवरण नआएको अध्यागमनले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस