साउन १, काठमाडौँ । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेपनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी महशुल दरमा कुनै वृद्धि नगर्ने जनाएको छ ।
सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको पनि टेलिकमले जनाएको छ ।
सरकारदे बुधबारदेखि लागू हुने गरी इन्टरनेटमा १३ प्रतिशत शुल्क बढाएको छ ।