भाद्र ३,काठमाडौँ । सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी २० नेपाली अधिकारीहरुको प्रशिक्षण भारतमा सुरु भएको छ।
नेपाल सरकारका विभिन्न सरकारी निकायका २० अधिकारीहरुलाई ‘सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी दिने विशेष ६ तालिम सोमबारबाट शुरु भएको हो। भारतको फरीदाबादस्थित National Academy of Customs, Indirect taxes and Narcotics (NACIN) मा तालिम शुरु भएको छ।
प्रशिक्षण “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए। नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने पहलकदमी अन्तर्गत नेपालका विभिन्न नियामक निकायहरुका कूल ६० अधिकारीहरुलाई तालिम दिइने भारतीय दुतावासले जनाएको छ ।
दुई ब्याचका प्रत्येक २० अधिकारीहरुलाई NACIN मा अक्टोबर र डिसेम्बर महिनामा प्रशिक्षण दिइनेछ।कार्यक्रमले नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलामा क्षमता अभिवृद्धी गर्ने अपेक्षा सरकारको छ।
सम्पत्ति शुद्धिकरण निवारण तथा वित्तीय अनुसन्धानको क्षेत्रमा NACIN भारत सरकारको शीर्ष प्रशिक्षण संस्था हो । यो एशिया प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो। NACIN लेअन्य अन्तर्राष्ट्रिय संस्थाहरु UNEP, UNDP, SASEC आदिसँग मिलेर काम गर्दै आएको दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।