विदेशी बैङ्कमा राखिएको रकम छानबिन जारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र ६, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र ६,काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली नागरिकले विदेशी बैङ्कमा खाता खोली रकम जम्मा गरेको भनिएको विषयमा सरकारले छानबिन प्रक्रिया जारी राखेको बताएका छन ।

प्रतिनिधिसभामा सांसदसँगको प्रश्नोत्तरमा मन्त्री खतिवडाले राजस्व सचिवको अध्यक्षतामा छानबिन प्रक्रिया जारी रहेको बताएका हुन । उनले सरकारी संयन्त्रबाट मात्र छानबिन प्रक्रिया सम्भव नभएको पनि बताए ।

जवाफमा मन्त्री खतिवडाले भने, “सार्वजनिक भएका विवरणमा कतिपयका नाम मिलेका छन् । नाम मिले पनि हामीले यकिन गर्न सकेका छैनौँ । पुँजी बहिर्गमनको प्रचलित कानुनविपरीत वा राष्ट्र बैङ्कको स्वीकृतिबिना काम भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ । ” उनले राजस्व सविचको अध्यक्षतामा प्रहरी, वित्तीय जानकारी एकाइलगायतका प्रतिनिधि रहेको समूहबाट अनुसन्धान भइरहेको जानकारी दिए ।

ताजा अपडेट

११ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस