नेपाली हवाई क्षेत्र सुरक्षित रहेको सन्देश दिन सम्मेलन सफल : प्राधिकरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र ८, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ८, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय समुदायमाझ नेपाली हवाई क्षेत्र सुरक्षित रहेको सन्देश दिन मुलुक सफल भएको जनाएको छ ।

हालै राजधानीमा सम्पन्न उड्डयन प्राधिकरणहरुको ५६ औं बैठकमा नेपालले यस्तो सन्देश दिन सफल भएको प्राधिकरणले जनाएको हो ।

प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरी उक्त दाबी गरेको हो । सम्मेलनमा सहभागी यूरोपियन एभियसन सेफ्टी एजेन्सीसँग छुट्टै छलफल गरेको र सो क्रममा नेपालले हवाई क्षेत्र सुरक्षित रहेको जानकारी गराएको प्राकिधकरणले जनाएको छ ।

सो क्रममा यूरोपियन यूनियनको ‘सेफ्टी अडिट’ मा नेपाललाई राखिराख्नु न्यायसंगत नभएको भन्दै इयूको ध्यानाकर्षण गराएको र उनीहरु पनि सकारात्मक देखिएको प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले बताए ।

बैठकमा इयू, चीन, भारतलगायत आईकाओका ३६ सदस्य राष्ट्रका कुल ४११ प्रतिनिधिको सहभागिता थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस