तिजको मुखमा सुनको मूल्य बढेको बढ्यै, तोलाको ७३ हजार पाँच सय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र ९, सोमबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तेजाबी सुनको मूल्य तोलामा ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस