सौराहामा ३५ करोडको लगानीमा सिटीहल निर्माण हुने, पूर्व अर्थमन्त्री पाण्डेद्धारा शिलान्यास

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ५, बुधबार (५ साल अघि)
  • ४६ पटक पढिएको
Post Thumbnail

चैत्र ५, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल निर्माण सुरु भएको छ । नेपाल सरकारले ३५ करोडको लगानीमा निर्माण सुरु गरेको सो सिटीहलको बुधवार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिलान्यास गरे । पाण्डेले शिलान्यास गरेसंगै सिटीहलको निर्माणकार्य सुरु भएको हो ।

नेपाल सरकार शहरी विकास मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सिटीहल निर्माण सुरु भएको हो । संघन शहरी तथा भवन निर्माण आयोजना चितवनले भवन निर्माण सूरु गरेको छ । ३५ करोड २२ लाख ७० हजारको लगानीमा एक हजार क्षमताको सिटीहल निर्माण हुने संघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकास अर्यालले जानकारी दिए । उनले एउटा एक हजार क्षमताको ठुलो सिटीहलसंगै ५० जना अट्ने अर्को भवन सहित मिटिङहल समेत निर्माण हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस