अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो ! कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ७, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ७, काठमाण्डौ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा छ । हिजो डलर एककोे खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा रहेको थियो । कोरोनाको सङ्क्रमण विश्वभर फैलंदा त्यसकै असरले डलरको भाउ पनि बढेको हो ।

अहिले डलरको भाउ बढ्दा अरु विदेशी मुद्राको भाउ पनि बढेको छ । वैदेशिक रोजगारीमा जानुभएको छ भने यो घरमा पैसा पठाउने सही समय भएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । नेपाल राष्ट्र बैंकले शुक्रबार साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको थियो । यस्तै, आज ओमानी रियाल १ को खरिददर ३१२ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३१० रुपैयाँ ३४ पैसा तोकेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको थियो । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २५ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तोकेको थियो । कुवेती दिनार १ को खरिददर ३८४ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ०६ पैसा तोकेको छ । हिजो खरिददर ३८२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०५ पैसा तोकिएको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर ३१३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ४४ पैसा रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस