श्रमिकलाई आधा तलब दिने निजी क्षेत्रको प्रस्ताव

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख १०, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख १०, काठमाण्डौ । उद्योग व्यवसाय क्षेत्रका छाता सङ्गठनले हालको जटिल परिस्थितिमा देशको अर्थतन्त्र जोगाउन सरकार, रोजगारदाता र श्रमिकबीच समन्वय र सहकार्य हुनुपर्ने सुझावपत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई बुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले कोरोना भाइरसको विश्व महामारीका कारण नेपालको अर्थतन्त्र, उद्योग व्यवसाय तथा रोजगारीमा पर्ने प्रभाव सम्बधमा सुझावपत्र बुझाएको हो ।

सुझावपत्रमा वर्तमान जटिल परिस्थितिमा सरकार, रोजगारदाता र श्रमिकले आपसी समझदारी एवं सहकार्यबाट मात्र नेपालको अर्थतन्त्र जोगाउन सकिने यथार्थ समेट्दै देशको अर्थतन्त्र तथा श्रम बजारलाई कसरी अघि बढाउने र यसमा देखिएका समस्या कसरी आपसी हितका आधारमा समाधान गर्ने भन्ने विषय समेटिएको छ । सुझावपत्रमा बन्दाबन्दीका कारण उत्पन्न जटिल अवस्थामा रोजगारदाताले श्रमिकलाई अधिकतम ५० प्रतिशतसम्म मात्रै पारिश्रमिक भुक्तानी गर्न प्रस्ताव राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस