जेठ १६,काठमाडौँ । सरकारले आगामी आर्थीक वर्ष २०७७/ ०७८ को लागि बजेट सार्वजनिक गरेको छ । यससंगै विभिन्न प्रदेश तथा स्थानीय तहलाई सरकारले अनुदान,समपुरक अनुदान, योगदानको आधारमा बजेट बाँडफाँड गरेको छ । धादिङ जिल्लाको स्थानिय तहहरुमध्ये सबैभन्दा वढी बजेट धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाको लागी छुट्टिएको छ ।
सवैभन्दा धेरै निलकण्ठ नगरपालिकाको वजेट ६२ करोड ८३ लाख रूपैया रहेको छ भने सवैभन्दा कम रुबिभ्याली गाउँपालिकामा १६ करोड ६६ लाख रूपैया रहेको छ । जिल्लमा रहेका विभिन्न स्थानिय पालिकाले कती बजेट पाए हेर्नुहोस् सुचीसहित
निलकण्ठ नगरपालिका – ६२ करोड ८३ लाख
धुनिवेसी नगरपालिका – ३३ करोड ५४ लाख
थाक्रे गाउँपालिका – ३६ करोड २८ लाख
गल्छी गाउँपालिका – ३२ करोड ४२ लाख
गजुरी गाउँपालिका – ३२ करोड २९ लाख
बनिघाट रोराङ गाउँपालिका – ४० करोड ९७ लाख
सिद्धलेक गाउँपालिका – ३६ करोड ५७ लाख
ज्वालामुखी गाउँपालिका – ३१ करोड ६२ लाख
त्रीपुरासुन्दरी गाउँपालिका – ३७ करोड ५९ लाख
गँगाजमुना गाउँपालिका – ३२ करोड ८२ लाख
नेत्रावती गाउँपालिका – २४ करोड ३५ लाख
खनियावास गाउँपालिका – १९ करोड ९८ लाख
रुबिभ्याली गाउँपालिका – १६ करोड ६६ लाख