भारतको अर्थतन्त्र पहिलो त्रैमासमा २४ प्रतिशत घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र १७, बुधबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र १७, काठमाण्डौ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा भारतको अर्थतन्त्र ऐतिहासिक रूपमा २४ प्रतिशतले संकुचनमा गएको छ । अप्रिलबाट सुरु हुने भारतको आर्थिक वर्ष २०२०–२१ को जुनसम्मका तीनमध्ये दुई महिनामा लकडाउन रहेकाले अर्थतन्त्र २३ दशमलव ९ प्रतिशतले खुम्चिएको त्यहाँको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ  ।

भारतमा अर्थशास्त्रीहरूले चालू आर्थिक वर्षमा भारतको अर्थतन्त्र १० प्रतिशत हाराहारीमा खुम्चने अनुमान गरेका छन् । तर, पहिलो त्रैमासको यो संकुचन अनुमानितभन्दा धेरै हो  । अर्थतन्त्रका विभिन्न क्षेत्रमध्ये सबैभन्दा गम्भीर प्रभाव निर्माण क्षेत्रमा परेको देखिएको छ । भारतको निर्माण क्षेत्र पहिलो त्रैमासमा ५० दशमलव ३ प्रतिशतले खुम्चिएको छ ।

त्यस्तै, व्यापार, होटेल, यातायात र सञ्चार क्षेत्र ४७ प्रतिशतले खुम्चिएका छन् । उत्पादनमूलक क्षेत्र ३९ दशमलव ३ प्रतिशतले खुम्चिएको छ । ‘यो वर्ष २४ प्रतिशतले कुल गार्हस्थ उत्पादनमा कमी आउँदा कर राजस्व पनि तीव्र रूपमा घट्ने देखिन्छ,’ इवाई इन्डियाका प्रमुख नीति सल्लाहकार डिके श्रीवास्तवलाई उद्धृत गर्दै द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । तर, कृषि क्षेत्रले भने भारतको अर्थतन्त्रलाई भरथेग गरिरहेको छ । कृषि क्षेत्र पहिलो त्रैमासमा ३ दशमलव ४ प्रतिशतले वृद्धि भएको तथ्यांक कार्यालयले जनाएको छ । नयाँ पत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस