आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ६, बिहिबार (१ साल अघि)
  • २४ पटक पढिएको
आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

बैशाख ६, काठमाण्डौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेका छ। चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस