आज शेयर बजारमा धेरै कमाउने कम्पनीहरु कुन-कुन छन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ६, बिहिबार (१ महिना अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

बैशाख ६, काठमाण्डौँ । यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १७ करोड ८२ लाख बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै सूर्यज्योति लाइफ इन्स्यारेन्सको १० करोड ५१ लाख,पोखरा फाइनान्स ७ करोड ३७ लाख,शिवम् सिमेन्टको ५ करोड ४५ लाख र हिमालयन रि इन्स्योरेन्सको ५ करोड ३० लाख बढीको सेयर कारोबार भएको छ ।

यो दिन खानीखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.६४ प्रतिशतले बढ्यो । यो दिन पोखरा फाइनान्सको सेयरमूल्य ६.२१ प्रतिशत,मध्य भोटेकोशीको ५.७० र पिपुल्स पावरको सेयरमूल्य ५.५९ प्रतिशतले बढ्यो ।

आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । आज गोर्खाज फाइनान्सको सेयरमूल्य पनि ९.३९ र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ६.१२ प्रतिशतले घट्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस