सुनचाँदी

३ सय रुपैयाँले बढ्यो सुन, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १५, मंगलबार (११ महिना अघि)
  • ९८ पटक पढिएको
३ सय रुपैयाँले बढ्यो सुन, तोलाको कतिमा हुँदैछ कारोवार ?

जेठ १५, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। अघिल्लो दिन ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९२० रुपैयाँ कायम भएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस