सेयर बजार

सेयर बजारमा सामान्य गिरावट, झन्डै साढे ६ अर्बको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ३१, बिहिबार (११ महिना अघि)
  • ११५ पटक पढिएको
सेयर बजारमा सामान्य गिरावट, झन्डै साढे ६ अर्बको कारोबार

जेठ ३१, काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य गिरावट भए पनि कारोबार रकम भने बढेको छ । आज ९ दशमलव ३२ अंकले बजार ओरालो लागे पनि ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २ सय ०८ रुपैयाँको कारोबार भएको हो ।

बजार उकालो लाग्न थालेको तेस्रो दिन घटेको बजार परिसूचक भने २११२ दशमलव २९ को विन्दुमा आइपुगेको छ । बिहीबार ३१३ कम्पनीका ७७ हजार ४ सय पटकको कारोबारमा १ करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ० दशमलव ७२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ४८ अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ११ अंकले घटेको छ

त्यस्तै, आज १३ उपसमूहमध्ये ११ वटा घटेको छ भने २ वटा मात्र बढेको छ । जसमा विकास बैंक र फाइनान्स कम्पनी क्रमशः ५३ दशमलव ७५, ४५ दशमलव ४७ अंकले बढेको छ । निर्जीवन बीमा कम्पनी र निमार्ण कम्पनीहरूको परिसूचक आज सर्वाधिक घटेको छ ।

#सेयर बजार

ताजा अपडेट

खोजी गर्नुहोस