सुनचाँदी

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ ९, आईतबार (१० महिना अघि)
  • १४४ पटक पढिएको
सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

असार ९, काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २७ सय रुपैयाँले घटेर तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस