राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ १४, शुक्रबार (१० महिना अघि)
  • ९८ पटक पढिएको
राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी

असार १४, काठमाण्डौँ । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको मिति २०८१।०३।०९ को निर्णय अनुसार उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ ।

२०५१ सालमा कम्युटर प्रोग्रामर(तह ७) को रुपमा बैंक सेवा प्रवेश गर्नुभएका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरु पूरा गर्नुभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस