सुन–चाँदी

आज पनि बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ किनबेच ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ १९, बुधबार (१० महिना अघि)
  • ८६ पटक पढिएको
आज पनि बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ किनबेच ?

असार १९, काठमाण्डौँ । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ । गत शुक्रबारदेखि बढ्न थालेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो ।

मंगलबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रूपैयाँ बढेको हो ।

# सुन–चाँदी

ताजा अपडेट

खोजी गर्नुहोस