कात्तिक ९,काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले साधारणसभा बोलाएको छ। कम्पनीको कार्तिक छ गते बसेको संचालक समितिको बैठकले सभा मंसिर १ गते शनिबारका दिन सभा डाकेको हो । सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी ( ३, भक्तपुर बिहान एघार बजेबाट सुरु हुनेछ।
कम्पनीले निकट भविष्यमा आइपिओ पनि जारी गर्ने तयारी गरेको छ। सो प्रस्ताव कम्पनीले आफ्नो यस साधारणसभामा पनि पेश गरेको छ। कलर सेक्टरको पहिलो जारी गर्ने तयारी कम्पनीको रहेको छ।
२६ करोड चुक्ता पुंजी रहेको यस कम्पनीको १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी कम्पनीको रहेको छ।